×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, प्रतितोला कति ?

PRIME CA
GLOBAL IME BANK

सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, प्रतितोला कति ?

२३ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले बढेर एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १४४० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख पाँच हजार ८ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ५ हजार ३ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२३४.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: