×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार स्थिर रह्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोमबार स्थिर रह्यो सुनको मूल्य

Artha Sarokar

२८ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १४७५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ७ हजार ५ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२६४.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी