Skip to content
LAXMI SUNRISE BANK

आइतबार चार सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले घटेर एक लाख २५ हजार  रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १५३० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति  ग्राम छापावाला सुनको मूल्य एक लाख ७ हजार १ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३१२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK