×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख २७ हजार ८ सय रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख २७ हजार ८ सय रुपैयाँ

Artha Sarokar

८ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २६०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २६०० रुपैयाँले बढेर एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १५५५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ९ हजार ५ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ९ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३३३ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी