×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

PRIME CA

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले बढेर एक लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन २०० रुपैयाँले बढेर प्रतितोला एक लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १५१५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८ हजार ६ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ८ हजार १ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२९९ रुपैयाँमा किनबेच भईरहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: