×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ

Artha Sarokar

१५ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११०० रुपैयाँले बढेर एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ११०० रुपैयाँले बढेर प्रतितोला एक लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १५१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ९ हजार ६ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ९ हजार एक सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२९४.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी