काठमाडौं। हिमालयन लघुवित्तको शाखा कार्यालय खरचुहिया,सप्तरीले बीमा दावी रकम भुक्तानी गरेको छ । लघुवित्तमा आवद्ध रहेकी सदस्य बबिता देवी चौधरी र संजय कुमार चौधरीको मृत्यु पश्चात मृतकको परिवारलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
सप्तरी जिल्ला खडक नगरपालीका वडा नं.३ बनरझुल्लामा रहेको केन्द्र नं.५ कि सदस्य बबिता देवी चौधरीले यस संस्थाबाट ३० हजार रुपैयाँ कर्जा लिई किराणा पसल र पान पसल चलाउँदै आईरहेकी थिईन् । सदस्य र सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने थप ३० प्रतिशत काजक्रिया खर्च रु १८ हजार रुपैयाँ गरी कुल ७८ हजार रुपैयाँ बराबरको चेक एकमुस्ट मृतकको परिवारलाई भुक्तानी गरेको हो ।
निज सदस्यको घरमै पुगेर अध्यक्ष देव नारायण चौधरीले चेक हस्तान्तरण गरेका हुन्।
संस्थाले दुःखको समयमा ऋण मिनाहा र सहयोग स्वरुप रकम उपलब्ध गराईदिएको भन्दै मृतक परिवारले संस्था प्रति आभार व्यक्त गरेका छन् ।
रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक, चौधरी,केन्द्रका संचालक ओम प्रकाश मंडल र लेखापाल गौतम चौधरी को समेत उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्