काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गंजभवानीपुर,बाराले बिमा दाबी रकम भुक्तानी गरेको छ । बारा जिल्ला करैयामाई गाउँपालिका वडा नं.५, तेतरिया टोलमा रहेको केन्द्र न.११ की सदस्य रामभा हजराईन दुसादिनको श्रीमान् नागिन्द्र हजराको मृत्यू पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो ।
सदस्य श्रीमती रामभा हजराईन दुसादिनले संस्थाबाट एक लाख कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ५६ हजार समेत फिर्ता गरी जम्मा रकम ८१ हजार रुपैयाँ निज सदस्य रामभा हजराईन दुसादिनलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराई दिएको भन्दै तेतरिया टोलका सदस्यहरुले संस्थालाई धन्यवाद दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्