×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू…(फोटो-कथा)

PRIME CA

बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू…(फोटो-कथा)

४ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आइतबार (आज) बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौँको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो ।

फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समूहले बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ । विशेषगरी फागुको चीर धालासिक्व मानन्धर सनाः गू खल समाजले चीर ठड्याउँदै आएको समाजका महासचिव गजेन प्रसाद मानन्धरले जानकारी दिएका छन् । चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिन्छ ।

आइतबार बिहान बसन्तपुरको हनुमानढोका अगाडि शुभसाइतमा नेपाली सेना, गुर्जुको पल्टनलगायतको सहयोगमा चीर ठड्याएको हो । काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा चैत ११ गते होली खेलेर फागु पर्व मनाइँदै छ भने तराई मधेशका विभिन्न जिल्लामा चैत १२ गते फागु पर्व मनाइने छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: