×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्स्टाग्राम बन्यो विश्वकै ‘नम्बर १’ एप्लिकेशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इन्स्टाग्राम बन्यो विश्वकै ‘नम्बर १’ एप्लिकेशन

Artha Sarokar

२ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटर्फम इन्स्टाग्राम विश्वकै नम्बर १ एप्लिकेशन बनेको छ । विश्वभर नै सबैभन्दा लोकप्रिय फेसबुक र टिकटकलाईसमेत पछि पार्दै इन्स्टाग्राम विश्वकै नम्बर १ एप्लिकेशन बनेको हो ।

सन् २०२३ मा इन्स्टाग्राम ७६ करोड ७० लाख पटक डाउनलोड भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढि हो । सन् २०२२ मा इन्स्टाग्राम ७३.३ करोड पटक डाउनलोड भएको थियो ।

म्यासेज र पोष्टको अप्सन रहेको इन्टाग्राममा रिल्स (सर्ट भिडियो) अपलोड गर्ने मिल्ने फिचर सुरु भएसँगै इन्स्टाग्राममा एकाएक प्रयोगकर्ताहरुको आकर्षण बढ्न गएको हो । यसो त हाल सामाजिक सञ्जाल प्लेटफर्म टिकटमाथि थुप्रै मुलुकमा प्रतिबन्ध लागेपछि पनि इन्स्टाग्रामको लोकप्रियता बढेको सहजै अनुमान गर्न सकिन्छ ।

कति डाउनलोड भयो ? भन्ने आधारमा इन्स्टाग्राम विश्वकै नम्बर १ एप्लिकेशन बने पनि प्रयोगकर्ताले बिताउने समयका आधारमा इन्स्टाग्राम भन्दा टिकटक अझै अगाडी रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी