काठमाडौँ । महानगर प्रहरीले पत्रकारमाथि कुटपिट गरेको भन्दै श्रमजिवी पत्रकार संघ, नेपालले आपत्ति जनाएको छ । संघले विज्ञप्ति नै जारी गरेर काठमाण्डौको सुन्धारामा सडक व्यापारीहरुलाई हटाउने क्रममा पत्रकार पदमप्रसाद पोख्रेलमाथि महानगर प्रहरीले आक्रमण गरेको घटनाप्रति आपत्ति जनाएको हो ।
गत बुधबार साँझ महानगर प्रहरीले बल प्रयोग गरेर सडक व्यापारीलाई हटाएको भिडियो खिचिरहेका पोख्रेललाई आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै कुटपिट, धरपकड र परिचयपत्र, मोबाईलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरु पपिन जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।
आफुलाई पत्रकार भनेर चिनाउँदा चिनाउँदै पनि महानगर प्रहरीले कुटपिट गर्नु संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको संघले ठहर गरेको छ । साथै, कुटपिटका क्रममा महानगर प्रहरीले जफत गरेका सामाग्रीहरु स–सम्मान फिर्ता गर्न तथा घाईते पोख्रेलको स्वास्थ्य उपचारको ग्यारेन्टी गर्न पनि संघले माग गरेको छ । अन्यथा प्रेस स्वतन्त्रताको रक्षाको लागि दबाबमुलक कार्यक्रम गर्ने संघले चेतावनी दिएको छ ।
हाल पत्रकार पोख्रेल राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि आराम गरिरहेका छन् । यस्तो छ विज्ञप्ति:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्