काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुने बताएकी छिन् । सिंहदरबारमा सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले यस्तो बताएकी हुन् । उनले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि सांसदहरुलाई आग्रह गरेकी छिन् ।
मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेको भन्दै त्यस सम्बन्धमा सांसदहरुले दिएको सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरेकी छिन् । उनले भू-बनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरुलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढावा दिने काममा सांसदहरुले दिएको सुझाव फलदायी हुने पनि बताएकी छिन् ।
त्यस्तै, मन्त्री साहले छुर्पी, खुवा, अलैँची, कफीहरुको उत्पादन बढाएर निर्यात गर्नका लागि पनि सरकारलाई सुझाव पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छिन् ।
सिंचाईका असुविधाहरु भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरुले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने मन्त्री साहले स्पष्ट पारेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्