×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति क्यापिटलद्वारा ‘निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक

अर्थ सरोकार

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार

PRIME CA

ज्योति क्यापिटलद्वारा ‘निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवस र अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ ।

सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गर्दै ज्योति क्यापिटलले नेपाली सेनाको सम्मानमा र महिलाहरुलाई सेयरबजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यले यो योजना ल्याएको हो । योजना अवधिभर नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन्।

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा यो लिंक https://demat.jbbl.com.np/Demataccount/registrationमा क्लिक गरी खोल्न सकिनेछ ।

उक्त योजना मिति २०८० फाल्गुण २४ गते देखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: