×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र ड्रिमल्याण्ड गोल्ड रिसोर्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

PRIME CA

कामना सेवा विकास बैंक र ड्रिमल्याण्ड गोल्ड रिसोर्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

१८ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरीरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: