काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) को अवसरमा कामना सेवा विकास बैंकले चैत ७ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
अर्गनाइजेशन अफ इकोनोमिक कोअप्रेशन एण्ड डेभलपमेन्ट (OECD) को संयोजनमा किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउन हरेक वर्ष मार्च २२ देखि २८ सम्म ग्लोबल मनि विक मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले पनि विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरी वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्ती शाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरु, वडाध्यक्षहरु, विभिन्न पदाधिकारीहरु तथा सरकारी कर्मचारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा बैंकको लहान शाखा प्रमुख प्रकाश घिमिरेले प्रस्तुतिकरण गरेका थिए ।
जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बैंकिङ सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोबारको जानकारी होस् भन्ने हेतुले सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर शाहले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोबारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्