×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र गौतम होटल बर्दिबासबीच सम्झौता, लजिङ र बिलमा १५ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंक र गौतम होटल बर्दिबासबीच सम्झौता, लजिङ र बिलमा १५ प्रतिशत छुट

Artha Sarokar

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कामना सेवा विकास बैंकले मिथिला, धनुषा स्थित गौतम होटल बर्दिबास प्रा.लि. सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी