×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

PRIME CA

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

८ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल मनि वीकको अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्ष मार्च २२ देखि २८ सम्म किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउन ग्लोबल मनि वीक मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: