काठमाडौं । कामना सेवा विकास बैंकको गण्डकी प्रदेशले ग्लोबल मनी विकको उपलक्ष्यमा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधिहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम चैत ९ गते पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधि गरी ५५ जनाको उपस्थिति रहेको थियो ।
विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।
सो कार्यक्रम नेपाल राष्ट्र बैंक, पोखरा शाखाका उप-निर्देशक सुदिप त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उनले ग्लोबल मनी विकको उद्देश्य र वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी कार्यलयका डि।एस।पी। श्रवन बि।क ले साइबर सुरक्षा, अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।
वित्तीय साक्षरता कार्यक्रम कामना सेवा विकास बैंक, गण्डकी प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद गौतमको सभापतित्वमा भएको थियो । सो क्रममा प्रदेश प्रमुख विष्णु प्रसाद गौतमले बचतको महत्व र कर्जाको सदुपयोग बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको प्रस्तुतिकरण न्यूरोड शाखा प्रमुख शुशिल भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन सृजना चोक शाखा प्रमुख कृष्ण हरी सिग्देलले गरेका थिए ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्