Skip to content
LAXMI SUNRISE BANK

खल्ती र गरिमा विकास बैंकबीच डिजिटल रुपान्तरणका लागी रणनितिक सम्झौता

अर्थ सरोकार

काठमाडौं । डिजिटल वालेट खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागी रणनितिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् ।

यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप-गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभि, इभेन्ट लगायतको टिकट खरिदसँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् ।

बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।

उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘डिजिटल नेपालको उद्देश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५०+ बैंकसँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आईरहेको छ । यसै अनुरूप गरिमा विकास बैंकसँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौँ।’

गरिमा विकास बैंकले आफ्नो देशभर १२३ वटा शाखा कार्यलयहरु, ५१ एटिएम मार्फत निरन्तर गुणस्तरिय सेवा प्रदान गरिसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK