काठमाडौँ । दक्षिण कोरियाले अब वन र सेवा क्षेत्रमा पनि कामदार लैजाने भएको छ । कोरियाले सन् २०२४ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत वन, सेवा र रुट इन्डष्ट्रि क्षेत्रमा पनि कामदार लैजाने भएको हो । यी थप ३ क्षेत्रमा नेपालबाट कामदार लैजानेबारे कोरियाली सरकारले औपचारिक रुपमा जानकारी गराइसकेको छ ।
हाल कोरियाली सरकारले नेपालबाट कृषि, उत्पादनमुलक र जहाज निर्माण (सिप बिल्डिङ)मा कामदार लगिरहे पनि अब थप ३ क्षेत्रमा पनि कामदार लैजाने वैदेशिक रोजगार विभागले जनाएको छ ।
कोरियाले हाल थप गरेका यी ३ क्षेत्र (वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्रि क्षेत्र)मा भाषा परीक्षा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई अवसर दिनेछ । कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इन्डस्ट्रीतर्फ पनि लैजान सकिने जानकारी आएको विभागले जनाएको छ ।
विभागका अनुसार यो वर्षभन्दा अर्को वर्ष १३.२ प्रतिशत बढी कोटा दिएर श्रमिक लैजाने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्