काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । आइतबार संसद भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
उनले नेपालमा भएका केही उद्योगहरुलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जमानामै सकिदिएको जिकिर गरेका छन् । काँग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएकोसमेत ओलीको भनाई छ । उनले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि निकिनिएको पनि दाबी गरेका छन् ।
‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ । दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो । तर, हामीकहाँ दुई चारवटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजी करण भनेर काँग्रेसले उहिल्यै सिध्यायो ।’, ओलीले भने, ‘निजी क्षेत्रलाई पनि सिध्याइदियो । भएका उद्योगहरु पनि भ्रष्ट बनाइदियो ।’
त्यस्तै, अध्यक्ष ओलीले नेकपा एमालेले निजी क्षेत्रलाई विकास र आर्थिक उन्नतिको इन्जिन बनाउन चाहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्