×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ मन्त्रीहरुलाई ओलीको निर्देशनः ‘फसाउलान्, होस् गर्नू!’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नयाँ मन्त्रीहरुलाई ओलीको निर्देशनः ‘फसाउलान्, होस् गर्नू!’

Artha Sarokar

२५ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिएका छन् । करिब एक घण्टा आफ्नै निवासमा राखेर ओलीले मन्त्रीहरुलाई ‘फसाइदेलान्, होस् गर्नु’ भन्दै निर्देशन दिएका हुन् । सोही क्रममा ओलीले सरकारलाई जसरी पनि सफल पार्नुपर्ने आफूहरुको दायित्व भएको पनि बताएका छन् ।

अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहने बताएका छन् । ‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्धन्द्धात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भएपनि हामी एक भएका छौं ।’, ओलीले भने, ‘प्रचण्डजी र सरकारको सफलता नै हाम्रो सफलता भएको हो । हाम्रो सफलता नै प्रचण्डजीहरुको सफलता हो ।’

निर्देशन दिने क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डसँग सजग रहेर काम गर्न पनि भनेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको कार्यशैली र विशेषताबारे पनि मन्त्रीहरु समक्ष बयान दिएको एमालेका एक नेताले जानकारी दिएका छन् । ओलीले भ्रष्टाचार, अनियमितताबाट टाढै रहन र मिडियामा आएका अतिरञ्जित समाचारबाट जोगिएर काम गर्न पनि नयाँ मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

सरकारमा एमालेबाट रघुवीर महासेठ नेतृत्व गरेका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् । त्यस्तै, राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हालेका छन् भने दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी