×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको विद्यार्थीसँग बैंक कार्यक्रम हरिनगरामा सम्पन्न

PRIME CA

कृषि विकास बैंकको विद्यार्थीसँग बैंक कार्यक्रम हरिनगरामा सम्पन्न

१२ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल मनि विकको अवसरमा कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरकै हरिनगर माविमा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको लागी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, प्रदेश निर्देशक, शाखा हरिनगरा प्रमुखको सहभागीता रहेको थियो । बैंकको यस किसिमको पहलबाट प्रफुल्लित भएर हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बैंकलाइ धन्यबाद दिन विद्यालयमा नै आएका थिए । विद्यार्थीहरुलाई वित्तिय साक्षरताको बारे राम्रोसँग सिक्न र घर परिवारमा समेत सिकाउन सुझाव दिए ।

कार्यक्रममा वित्तीय साक्षरता भनेको के हो ? यसको महत्व र उद्देश्य, बैंकिङ कारोबार, पारिवारीक बजेट, विप्रेषण, विमा, गैह्र बैंकिङ कारोवार र यी सेवा र सुविधाको लागी एडिविएलको पहल बारे विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । प्रदेश निर्देशक रञ्जन खनाल र विभागीय प्रमुख विना शर्माले सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले बजारमा चलिरहेका दुष्प्रचार र यसको पछाडीका कारणहरुबारे प्रश्न गरेका थिए, जसलाइ सहजकर्ताहरुले जवाफ दिएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: