काठमाडौँ । कृषिमन्त्री ज्वाला कुमारी साह किसानका समस्याप्रति ‘एक्सन’मा उत्रिएकी छिन् । कृषि तथा पुशपन्छी मन्त्रालयको ‘कमाण्ड’ सम्हाल्दै किसानका पीडामा मल्हम लगाउने प्रतिबद्धता गरेकी मन्त्री साहले मन्त्री बनेको केही दिनमै दुग्ध किसानको समस्या समाधान गरेकी छिन् । अर्थ मन्त्रालयसँगको समन्वयमा मन्त्री साहले आन्दोलनरत दुग्ध किसानहरुको समस्या समाधान गर्ने निर्णय गराएकी हुन् ।
शुक्रबार अर्थमन्त्रालयमा कृषी मन्त्री साह, अर्थमन्त्री वर्षमान पुनसहित दुवै मन्त्रालयका सचिवहरुको उपस्थितिमा कृषि क्षेत्रका समस्याहरुको समाधानार्थ विविध विषयमा छलफल तथा निर्णयहरु भएका छन् ।
सो छलफलबाट दुग्ध क्षेत्रमा देखिएका समस्याहरुलाई क्रमिक रुपमा समाधान गर्नेगरी दुग्ध किसानहरुको बाँकी बक्यौता उपलब्ध गराउन दुग्ध विकास संस्थानलाई ऋण वापत रु ३० करोड उपलब्ध गराउने सहमति भएको भएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
साथै, कृषिमन्त्री साहकै प्रस्तावमा पशुपन्छी विकासतर्फको पशुपन्छी बीमाको अनुदान बापतको रकम ४८ करोड रुपैयाँ नेपाल बीमा प्राधिकरणमार्फत सम्बन्धित बीमा कम्पनीहरुलाई भुक्तानी दिनेगरी फागुन ३० गतेको भएको निर्णय बमोजिम सहमति भएको छ ।
छलफलपछि दुग्ध किसानका समस्या समधानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने राजस्व सचिव डा. घिमिरेले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्