×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार्जिङ स्टेशनमा लगानी बढाउन कुलमानको आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चार्जिङ स्टेशनमा लगानी बढाउन कुलमानको आह्वान

Artha Sarokar

१५ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । बिहीवार काठमाडौँमा याडिया जि-६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो आह्वान गरेका हुन् ।

उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेशन राखेको भए पनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिव ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताएका छन् । एकै ठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानीकर्ताहरुले आग्रह गरिरहेको घिसिङले उल्लेख गरेका छन् । ।

त्यस्तै, घिसिङले धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशन बनेकोसमेत बताएका छन् । चार्जिङ स्टेशनमा गरिएको लगानी पट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने कुलमानको भनाई छ । प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभई प्रोत्साहनका लागि लगानी गरिरहेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताएका छन् ।

अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेको कुलमानको भनाई छ । साथै उनले ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने पनि कार्यक्रममा बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी