काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले चैत ८ गते बिहीबारदेखि संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४ हजार ७ सय २१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । आवेदन बैंकको प्रधान कार्यलय टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा दिनुपर्नेछ ।
सो सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सुचनामा उल्लेख छ ।
त्यस्तै, उक्त समयमा सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट आवेदन नआए अन्य व्यक्ति वा संस्थाले समेत खरिद गर्न मिल्ने गरी बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्