×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

PRIME CA

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

१२ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले चैत ८ गते वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।

बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडीयो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगदप्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको बैंकले जनाएको छ । बैंकले भिडीयो श्रृंखला र पुस्तकमार्फत बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको उल्लेख गरेको छ ।

भिडीयो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिवशंकर रिजाल लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: