काठमाडौं । कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अव देखी सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ एप मार्फत यो सुबिधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।
निक्षेपकर्तालाई आवश्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्वती निक्षेपलाई रद्व नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केहि क्लिकहरु गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुबिधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रबर्द्धन गर्न ठुलो योगदान पुर्याएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्