काठमाडौँ । रौतहटमा मनि ट्रान्सफरमा लुटपाट भएको छ । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थित शिव मनि ट्रान्सफरमा लुटपाट भएको हो ।
शुक्रबार दिउँसो हातहतियारसहित मोटरसाइकलमा आएका तीन जना लुटेराहरुको समूहले मनि ट्रान्सफरमा लुटपाट गरेका हुन् । लुटपाटका क्रममा लुटेराहरुले मनि ट्रान्सफरमा गोलीसमेत प्रहार गरेका थिए । शिव मनि ट्रान्सफरको सञ्चालक नितेश साहमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार लुटेराहरुले प्रहार गरेको गोलीले साहको कान छेडिएको छ । हाल घाइते साहलाई उपचारका लागि वीरगन्ज पठाइएको एसपी श्रेष्ठले जनाएका छन् ।
त्यस्तै, उक्त लुटपाटमा संलग्न लुटेराहरुलाई पनि पक्राउ गरिएको एसपी श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार पक्राउ पर्नेमा विहारका मुनित कुमार यादव, राजाकुमार पास्वान र चन्द्रमान सिंह रहेका छन् ।
*यसअघिको समाचारमा ग्लोबल आईएमई बैंकको नाम उल्लेख भएकोमा, लुटपाट बैंकमा नभई नजिकै रहेको मनि ट्रान्स्फरमा लुटपाट भएको जानकारी ग्लोबल आईएमई बैंकका सूचना अधिकारीले सुरेन्द्र रेग्मीबाट प्राप्त भएकोले अघिल्लो शिर्षक क्षमायाचनासहित सच्याईएको छ- सम्पादक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्