काठमाडौँ । रौतहटमा मनि ट्रान्सफरमा लुटपाट भएको छ । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थित शिव मनि ट्रान्सफरमा लुटपाट भएको हो ।
शुक्रबार दिउँसो हातहतियारसहित मोटरसाइकलमा आएका तीन जना लुटेराहरुको समूहले मनि ट्रान्सफरमा लुटपाट गरेका हुन् । लुटपाटका क्रममा लुटेराहरुले मनि ट्रान्सफरमा गोलीसमेत प्रहार गरेका थिए । शिव मनि ट्रान्सफरको सञ्चालक नितेश साहमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार लुटेराहरुले प्रहार गरेको गोलीले साहको कान छेडिएको छ । हाल घाइते साहलाई उपचारका लागि वीरगन्ज पठाइएको एसपी श्रेष्ठले जनाएका छन् ।
त्यस्तै, उक्त लुटपाटमा संलग्न लुटेराहरुलाई पनि पक्राउ गरिएको एसपी श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार पक्राउ पर्नेमा विहारका मुनित कुमार यादव, राजाकुमार पास्वान र चन्द्रमान सिंह रहेका छन् ।
*प्रहरीले यसअघि ग्लोबल आईएमई बैंक भन्ने जानकारी दिए पनि सो बैंक नजिकै रहेको मनि ट्रान्स्फरमा लुटपाट भएको ग्लोबल आईएमई बैंकका सूचना अधिकारीले बताएका छन् । अघिल्लो शिर्षक सच्याईएको छ- सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्