काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनि वीक २०२४’ को अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु प्रसारण गरेको जनाएको छ ।
बैंकले देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा विद्यार्र्थीहरु, स्थानीय युवाहरुका साथै रोजगार व्यक्तिहरु, किसान, लघु, साना तथा मझौला उद्यमीहरु, दैनिक ज्यालादारीहरु, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, महिलाहरु तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमहरुबाट करिब हजार मानिसहरुलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धि विषयवस्तुमा जानकारी गराइएको छ ।

त्यस्तै, बैंकले ‘ग्लोबल मनि वीक २०२४’को अवसरमा विभिन स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
त्यस्तै, बैंकले विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु जस्तैः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाईफाई प्रयोग गर्दा हुनसक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जाल मार्फत प्रसारण गरी ‘ग्लोबल मनि वीक २०२४’को सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्