काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको हो ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सञ्चालन गरेका थिए । सभाको प्रमुख अथिति महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष तथा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक अध्यक्ष एमव् पुर्व सांसद तुलसी थापाको रहेको थियो ।
संस्थापक तर्फबाट पुन: तारा कुँवर, इमान सिंह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारी संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।
त्यसैगरी, सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।
सभाले अन्य इजाजतप्राप्त ‘घ’ बर्गका लघुवित्त संस्थाहरुलाई गाभिने/गाभ्ने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन (डीडीए) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने प्राप्ति एक्विजिसन तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सविधा बढाउने, संस्थाको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्