×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पथिल होलिडेज र ट्रीप टू टेम्पल्सद्वारा १५० जनालाई कैलाश-मानसरोवर दर्शन

PRIME CA
GLOBAL IME BANK

पथिल होलिडेज र ट्रीप टू टेम्पल्सद्वारा १५० जनालाई कैलाश-मानसरोवर दर्शन

२५ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रीप टू टेम्पल्ससँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको छ ।

ट्राभल कम्पनीद्वारा श्री एअरलाइन्सको जहाज चार्टर्ड गरि चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो ।

माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ ।

कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिषा नदिएपछी यो रुट सुनसान बनेको छ जसको सिधा असर सो रुटको पर्यटन व्यवसायमा परेको छ ।

यस अघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोबर जाने पर्यटक नेपालगन्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्ससम्म हेकिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे ।

मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगन्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले जानकारी दिए ।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए ।

माउन्टेन फ्लाइटकै लागि १५० जना भारतीय पर्यटक बिहीबार नेपालगन्ज आएर होटल सिद्धार्थमा बसेका थिए । उनीहरूलाई श्री एअरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो ।

शिव पार्वतीको घर देख्ने बाल्यकाल देखिको सपना पूरा भएको कर्न्नाटका भारतदेखि आएकी ३३ वर्षिया अरुणा यनले बताइन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: