×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ मन्त्रीको शपथ आजै !

PRIME CA

नयाँ मन्त्रीको शपथ आजै !

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली काँग्रेससँगको पूरानो गठबन्धन भत्काएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्य गर्ने तय गरेसँगै नयाँ मन्त्रिपरिषद् पनि आजै गठन हुने भएको छ । नयाँ मन्त्रिपरिषद् गठन मात्रै होइन, नयाँ मन्त्रीहरुले शपथ ग्रहण पनि आजै हुने भएको छ ।

हाल माओवादी केन्द्रसँग सहकार्य गरेर सरकारमा सहभागी हुने नेकपा एमाले, रास्वपा, राप्रपाबीच कुन मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल चलिरहेको छ ।

स्रोतका अनुसार नेकपा एमालेले आफ्नो दाबी अर्थ मन्त्रालयमा राख्नेछ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने गृहमा आफ्नो दाबी नछोड्ने भएको छ । यता प्रधानमन्त्री प्रचण्डले पनि अर्थ आफ्नो भागमा राख्ने अडान लिएको छन् । कुन दलबाट कसलाई, के मन्त्री बनाउने भन्ने टुँगो लाग्ने बित्तिकै आजै नयाँ मन्त्रिपरिषद् गठन गर्ने र आजै शपथ ग्रहण गराइनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: