काठमाडौँ । सांसद, भेटेनरी डाक्टर र फरेस्ट रेन्जरसहितको टोली बाँदर नियन्त्रणबारे तालिम लिन भारत हिँडेको छ । शुक्रबार कृषी, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागी हुनका लागि भारत जाने टोलीलाई बिदाई गरेको हो । बाँदर नियन्त्रणबारेको तालिमका लागि सांसद, भेटनरी डाक्टर र फरेस्ट रेन्जरहरु रहेका छन् ।
बिदाई कार्यक्रममा समितिकी सभापति डा.आरजु राणा देउवाले बाँदरलाई मार्नु नै उचित समाधान नरहेको भन्दै बाँदर नियन्त्रणबारे तालिममा सहभागी पठाएको बताएकी छिन् ।
‘बाँदरलाई यत्तिकै मार्न हुँदैन् । यो हाम्रो बाटो होइन् भन्ने छलफल भएको थियो । नियन्त्रण कसरी गर्ने भन्ने कुराहरु उठिरहँदा हामीले उपाय निकालेका हौँ ।’, उनले भनिन्, ‘तालिम लिन सक्यौँ भने चाहिँ हामीले बाँदर नियन्त्रण गर्न सक्छौँ ।’ त्यस्तै, उनले तालिम लिएर आएप्रश्चात त्यसलाई लागु गर्नका लागि सहयोग गरिदिन मन्त्रालयसँग आग्रहसमेत गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्