काठमाडौँ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा महिला सम्मान कार्यक्रम आयोजना गरिएको छ । भातरतीय राजदुतावासको आयोजनामा माइती नेपालसँगको सहकार्यमा महिला सम्मान एवम् कदर प्रदान कार्यक्रम सम्पन्न गरिएको हो । नेपालकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाख्यको प्रमुख आतित्यथामा उक्त कार्यक्रम सम्पन्न गरिएको भारतीय राजदुतावासले जनाएको छ ।
दुतावासका अनुसार कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइराला, भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, माइती नेपालका छात्रा तथा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्घिका लागि गरेको अथक प्रयासको प्रशंसा गरेका छन् । नियोग उप–प्रमुख श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले अनुराधा कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै कोइरालाले यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताएका छन् ।
त्यस्तै, अष्टलक्ष्मी शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तिकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रमबारे गराएकी थिइन् । उनले राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

कार्यक्रममा अष्टलक्ष्मी शाक्य र नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले गायिका मेनुका पौडेल र रत्न कुमारी सुनुवारलाई उनीहरुको प्रेरणादायी उपलब्धिका लागि सम्मान गरेका थिए । काठमाडौंकी मेनुका पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा प्रशंसा बटुल्न सफल भएकी थिइन् । त्यस्तै, रत्न कुमारी सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्र्तीण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउदै चर्चा कमाएकी थिइन् । सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो ।
भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । सुश्री मेनुका पौडेलले पनि सुमधुर गीतहरु गाएर दर्शकलाई मोहित बनाएकी थिइन् । भारत र नेपालबीचको बलियो सम्बन्धलाई प्रवद्र्घन गर्न र बालिका एवम् महिला सशक्तिकरणका लागि नेपाल सरकारको प्रयासलाई सघाउ पुर्याउन प्रतिबद्घ रहेको भारतीय राजदूतावास, काठमाडौँले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्