×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल र ईएण्ड इन्टरनेसनलबीच सम्झौता, उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गरिने

PRIME CA

एनसेल र ईएण्ड इन्टरनेसनलबीच सम्झौता, उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गरिने

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनसेल र ईएण्ड इन्टरनेसनलबीच सम्झौता भएको छ । एनसेलले फागुन १६ गते बुधबार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको हो ।

सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएण्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन् । ईएण्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएण्ड ग्रुपको एक अंश हो ।

समझदारी पत्रअनुसार, दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्नेछन् ।

यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुनेछ । यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा प्रदान गर्नेछन् ।

यसैगरी सामझदारीअन्तर्गत एनसेलले ईएण्ड इन्टरनेसनलको सहयोगमा डिजिटल र परम्परागत माध्यमको सदुपयोग गर्दै रियल टाइम र कन्टेक्सचुअल मार्केटिङ गर्ने, मेसिन लर्निङ र एआई मोडलहरूको बृहत्तर उपयोग गर्दै उत्कृष्ट एनालिटिक्स कार्यान्वयन गर्ने र बिग डाटा स्रोतहरूको प्रयोगमार्फत सान्दर्भिक र पर्सनलाइज्ड अफरहरू ल्याउनेछ । कम्पनीले आफ्नो ग्राहक आधार वृद्धि, वितरक र विक्रेताहरूको व्यवस्थापनलगायतका विषयमा रणनीतिक दिशा तय गर्ने जनाएको छ ।

एनसेल र ईएण्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागतमैत्री समाधान, ग्रिनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, नेटवर्क कार्यसम्पादन मूल्यांकन (क्राउडसोर्सिङ), प्रत्यक्ष सोर्सिङमार्फत भ्यालु क्रियसन र सेवालगायत अन्य क्षेत्रमा सहकार्य गर्नेछन् । एनसेलले क्यापेक्स र ओपेक्सलाई घटाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा सेवा प्रभावकारी बनाउने उद्देश्यले प्राविधिक समाधानहरूको डिजाइन र पहिचानमा नेतृत्व गर्नेछ ।

क्यारियर र होलसेल सेवाहरूको सन्दर्भमा एनसेलले ईएन्ड ग्रुपअन्तर्गत विश्वभरका ८५० भन्दा बढी सेवाप्रदायकहरूको नेटवर्कमा आबद्ध भएर रोमिङमा एसएमएस र भ्वाइस सेवामार्फत ग्लोबल फुटप्रिन्टको लाभ उठाउन सक्नेछ । त्यसैगरी डिजिटल सोलुसन्सअन्तर्गत प्रविधिमा अभ्यस्त युवाहरूलाई ‘बेस्ट इन क्लास’ डिजिटल अनुभव प्रदान गरिनेछ ।

यस समझदारीअन्तर्गत हुने सबै रणनीतिक योजना र समन्वयबारे निरीक्षण तथा छलफल गर्न एनसेल र ईएण्ड इन्टरनेसनलले आ-आफ्नो तर्फबाट संयोजक तोक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: