×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको इण्डिया रोमिङ प्याकमा होली छुट अफर

PRIME CA

एनसेलको इण्डिया रोमिङ प्याकमा होली छुट अफर

१२ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। एनसेलले फागुपूर्णिमा  अर्थात होली पर्वको अवसरमा होली अफर ल्याएको छ । यस अफर अन्तर्गत एनसेलले आफ्ना ग्राहकहरुलाई इण्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुट दिएको छ । यो अफरमार्फत ग्राहकहरूले अझ सुलभ शुल्कमा इण्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्नेछन् ।

शुक्रबार (चैत ९)बाट संचालनमा आएको यो छुट योजनामा ग्राहकले कर सहित रु १०० पर्ने इण्डिया रोमिङ प्याक अब मात्र रु ७५ सुचारु गर्न सक्छन् । विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याक लिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्नेछन्।

यो प्याक सुचारु गरेपछि प्रतिदिन रु २५ का दरले ३ दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् जसले सामाजिक सञ्जाललगायतका माध्यमहरु मार्फत सम्पर्कमा सहिरहन मद्दत गर्दछ । साथै भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउनेछन् ।

यो प्याकमा इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले कर सहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सकिन्छ ।

ग्राहकहरुले सजिलै एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ ।

यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने स्थानियबासी, साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहने यो प्याक ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिएर होली अफरको छुटबाट फाइदा लिन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: