×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करिव ३ महिनापछि नेप्सेमा पोजेटिभ सर्किट, ब्रोकर हाउसहरुमा खुसीयाली, कतै लड्डु बाँडिदै, कतै नाचगान !

अर्थ सरोकार

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार

PRIME CA

करिव ३ महिनापछि नेप्सेमा पोजेटिभ सर्किट, ब्रोकर हाउसहरुमा खुसीयाली, कतै लड्डु बाँडिदै, कतै नाचगान !

काठमाडौँ । सत्ता परिवर्तनको राजनीतिक निर्णयको प्रभाव सेयर बजारमा देखिएको छ । माहोल सकारात्मक हुने आशाका बीच आज सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ ।
अर्थमन्त्रीमा बिष्णु पौडेल आउने संकेत देखिएपछि सेयर लगानीकर्ताहरु झनै हौसिएका छन् । पौडेल नै नआए पनि सेयर बजारलाई कुभलो गर्ने मन्त्री नआउने पक्कापक्की भएपछि लगानीकर्ता हौसिएका हुन् ।
यसअघि २४ मंशिरमा बजार पोजेटिभ सर्किट लागेर बन्द भएको थियो ।
आज पोजेटिभ सर्किट लागेर बजार बन्द भएपछि विभिन्न ब्रोकर हाउसहरुमा खुसीयाली छाएको छ । कतिपय ब्रोकर हाउसहरुमा लड्डु बाँडेर खुसी साटिएको छ भने कतै नाचगान चलेको छ ।
नेपालको सेयर बजारमा २०६४ साल असोजबाट सर्किट ब्रेकको अभ्यास सुरु भएको हो । हाल नेप्सेमा नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। आज पनि २ पटक सर्किट लागेर निश्चित समय बन्द भई खोलिएको बजार अन्ततः ६ प्रतिशतले बढेपछि पूरै दिनको लागि बजार बन्द भएको हो ।

’सर्किट’को इतिहास हेर्ने हो भने अमेरिकाको सेयर बजारतर्फ जानुपर्ने हुन्छ । अमेरिकाको सेयर बजार डाउ जोन इन्डस्ट्रियल एभरेजमा सन् १९८७ अक्टोबर १९ का दिन सबैभन्दा पहिले सर्किट ब्रेक लगाइएको थियो । कुल ५०८ विन्दुको ठुलो गिरावट आएपछि इतिहासमै पहिलोपटक नेगेटिभ सर्किट लगाईएको थियो ।

अमेरिकी इतिहासमै यो दिन डाउ जोनमा २२.६ प्रतिशत अर्थात ५०८ प्वइन्टको गिरावट आएको थियो । कारोबार खुलेको पहिलो दिन नै नमज्जाको ’डाउन फल’ आएपछि त्यतिबेला पूरै देशका सेयर लगानीकर्ताहरु ’स्तब्ध’बनेका थिए । आज पनि सो दिनलाई ’ब्ल्याक मण्डे’का रुपमा सम्झिने गरिन्छ ।

त्यसपछि २०१३ मा त्यहाँको सर्किटको नियम परिमार्जन गरी तीनवटा तहका सर्किटहरु तय गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: