Skip to content
LAXMI SUNRISE BANK

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

अर्थ सरोकार

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो।

सम्झौतापत्र अनुसार सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत शेयर रजिस्ट्रशन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौं मार्फत मिति २०८० चैत्र ०४ गते आइतबारका दिनदेखि नै प्रारम्भ भएको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई मिति २०८०/११/३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रिय स्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK