काठमाडौं। एकिकृत कारोबार पूर्व नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले उच्च व्यवस्थापन सहितको परिचयात्मक अन्तरक्रिया तथा तालिम कार्यक्रम काठमाडौंको होटल एल्लो प्यागोडामा सम्पन्न गरेको छ ।
मर्जर पश्चात एक आपसमा सकारात्मक तालमेल मिलाउनको लागि र दुई संस्था एक भए पश्चात अझ सवल र सक्षम बन्न के-के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको कार्यक्रमका विशेष अतिथि एवं मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष सन्तोष फुयलले बताए ।
कार्यक्रममा सहभागीहरुलाई त्रिभुवन विश्व विद्यालयका प्राध्यापक एवं लघुवित्त विषयमा विद्यावारिधि गरेका प्रशिक्षक डा. भरत सिंह थापाले दुई संस्थाबीच भोलीको दिनमा सम्भावित आइपर्ने चुनौतीहरुको कसरी सामना गर्ने तथा अझै कसरी अवसरहरु निकाल्न सकिन्छ भन्ने विषयमा प्रशिक्षित गरेका थिए ।
कार्यक्रममा संयुक्त मर्जर कमिटीका संयोजक मणि कुमार अज्र्यालको प्रमुख आतिथ्यतामा भएको अन्तक्रिया तथा तालिम कार्यक्रममा अब नेरुडे मिर्मिरेले नेपालको लघुवित्त क्षेत्रमा अग्रिणी भुमिका निर्वाह गर्दै जानुपर्ने बताए ।
कार्यक्रमको औचित्यता माथि प्रकाश एवं उपस्थित सहभागिहरुलाई स्वागत मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्