×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया क्यापिटल आठौँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा क्यापिटलका सात सेवामा बम्पर अफर योजना सार्वजनिक

अर्थ सरोकार

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार

PRIME CA

एनआइसी एशिया क्यापिटल आठौँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा क्यापिटलका सात सेवामा बम्पर अफर योजना सार्वजनिक

काठमाडौं । एनआइसी एशिया क्यापिटल सातौँ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश छ । क्यापिटलले वार्षिकउत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने ७ वटा सेवामा बम्पर अफर योजना सार्वजनिक गरेको छ ।

क्यापिटलको सातौं वार्षिकउत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा ‘सातौं वार्षिकउत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।

सातौं वार्षिक उत्सव: सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफरहरु निम्न बमोजिम रहेका छन् ।

१. लगानी व्यवस्थापन सेवा :

लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिकउत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ७ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।

२. एनआईसी एशिया म्युचुअल फण्ड सेवा :

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ को सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (सिप)मा मिति २०८० फाल्गुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले ५०० रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट सिप रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई सिप बुस्टरको सुविधा उपलब्ध गराईनेछ ।

३. संस्थागत परामर्श सेवा :

एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘आइडिया टु आइपीओ’ सेवा संचालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिकउत्सवको अवसरमा मिति २०८० फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र ७ रुपैयाँ मा ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत आइपीओ जारी गर्ने तह सम्म पुर्याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

४. डिम्याट खाता सेवा :

हाल क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिकउत्सवको अवसरमा आजको मितिले एक हप्ताको लागि मात्र ‘रु.७०० मा ीषभ त्ष्mभ म्भःबत च्भलभधब ि९ीत्म्च्०” योजना सार्वजनिक गरेको छ ।

५. मेरो शेयर सेवा:

हाल क्यापिटलले मेरो शेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “रु.७०० मा लाइफ टाइम डिम्याट रिन्युवल’ योजना सार्वजनिक गरेको छ ।

६. निःशुल्क डिम्याट खाता सेवा:

क्यापिटलको सातौं वार्षिकउत्सवको अवसरमा एनआईसी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने ।

७. सेयर रजिष्ट्रार सेवा :

हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिकउत्सवको अवसरमा क्यापिटलले मात्र रु.७०० मा पहिलो एउटा कम्पनीलाई “ओटीसी मार्केट” मा सूचिकरण गरिदिने छ ।

क्यापिटलले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन  सेवा लिरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्ने खाताधारकहरु, सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, सेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटलले आभार व्यक्त गरेको छ ।

साथै क्यापिटलको सातौं वार्षिकउत्सवको अवसरमा उपलब्ध अफरहरुको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको इमेल ठेगाना[email protected] वा मोवाईल नं. ९८४७ ३४५१०७ मा सम्पर्क गर्न सकिने छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: