काठमाडौं। एनआईसी एशिया क्यापिटलले लुम्बिनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीज्यूले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल गरिएको थियो ।
अधिकांश मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरका बसोबास गर्ने युवाहरुलाई लक्षित गरी उक्त कार्यक्रम गरेको जनाएको छ ।
कमाएको पैसा कसरी बचत गर्ने र बचत गरेको रकमबाट कसरी सरल रुपमा मुद्रा बजार उपकरणहरु तथा पूँजी बजारमा सुरक्षित रुपमा कसरी कारोवार गर्न सकिन्छ भन्ने सम्बन्धमा धितोपत्र बोर्डको प्रतिनिधी, एन आई सी एशिया क्यापिटलको उच्च व्यवस्थापन तहका कर्मचारी र सहभागिहरु बीच छलफल तथा अन्तरकृया गरिएको थियो ।
साथै उक्त कार्यक्रममा १८० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य लगानीकर्ताहरुको समेत सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्