काठमाडौं। एनआईसी एशिया क्यापिटलको भिडियो केवाइसी सेवा संचालनमा ल्याएको छ। क्यापिटलले ‘एनआईसी एशिया अनलाइन डिम्याट सेवा’ अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकहरुले भिडियो केवाइसी मार्फत प्रमाणिकरण गर्न सकिने व्यवस्था मिलाइएको हो ।
क्यापिटलले आफ्नो सम्पूर्ण सेवाहरुलाई प्रविधिको प्रयोग गरी सहज, सर्व सुलभ र झनझट रहित रुपमा डिजिटलाइजड् माध्यमबाट आम ग्राहकरुलाई सेवा प्रदान गर्ने मुख्य रणनीति भए अनुसार क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाईन तथा विद्युतीय माध्यमबाट लिन मिल्ने गराएको छ ।
उक्त भिडियो केवाइसी मार्फत विदेशमा रहेका नेपाली तथा नेपालबाटै ‘एनआईसी एशिया अनलाइन डिम्याट सेवा’ मार्फत डिम्याट खाता खोली प्रमाणिकरण गर्न बाँकी रहेका ग्राहकहरुले डिम्याट खाता खोल्दा उल्लेख गरेको इमेल ठेगानामा क्यापिटलले पठाएको लिंक क्लिक गरी उक्त इमेलमा माग गरिए बमोजिमको विवरण रीतपूर्वक भरी भिडियो केवाइसी गर्न सक्नेछन् ।
भिडियो केवाइसी गर्दा डिम्याट खातावालाको विवरण डिम्याट खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग रुजु गरेर मात्र केवाइसी स्वीकृत गरिने छ ।
साथै प्रमाणिकरण गर्न बाँकी रहेका र क्यापिटलबाट भिडियो केवाइसी गर्नको लागि लिंक प्राप्त नभएमा अथवा भिडियो केवाइसी सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्