×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना सार्वजनिक

अर्थ सरोकार

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार

PRIME CA

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना सार्वजनिक

काठमाडौं। एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (GESI) योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गर्ने जनाईएको छ ।

GESIले समग्र बैंकिङ प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्याम्प स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व (वमन लिडरशिप) कार्यक्रम समेत सुरुवात गरिसकेको छ ।

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु ल्याईसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८३ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: