काठमाडौं। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्युचर’ विषयक निबन्ध प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ मा अध्ययनरत छात्रा श्रेया गुप्ता प्रथम भएकी छिन् ।
विराटनगर महानगरपालिका स्थित उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा चैत्र ५ गते सञ्चालन भएको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई चैत्र ११ गते नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका निर्देशक इन्द्रा चम्लागाई मैनालीले प्रमाण पत्र, मेडल तथा नगद पुरस्कार सहित पुरस्कृत गरेका छन् ।
प्रतियोगितामा बाल कल्याण माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ मा अध्ययनरत छात्रा स्वीकृति अधिकारी द्वितीय र आदर्श माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ अध्ययरत छात्र आदर्श बराल तृतीय भएका छन् ।