×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पद्मकन्या मल्टिपल क्याम्पसद्धारा हल्ट प्राइजको अन क्याम्पस प्रतिस्पर्धा सम्पन्न, ५७ तस्बिरमा हेर्नुहोस् कार्यक्रमका खास झलक…( फोटा-कथा)

PRIME CA

पद्मकन्या मल्टिपल क्याम्पसद्धारा हल्ट प्राइजको अन क्याम्पस प्रतिस्पर्धा सम्पन्न, ५७ तस्बिरमा हेर्नुहोस् कार्यक्रमका खास झलक…( फोटा-कथा)

२७ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बागबजारस्थित पद्मकन्या  मल्टिपल क्याम्पसले  यस वर्षको ‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा सम्पन्न गरेको छ । क्याम्पसले सो  प्रतिस्पर्धा  आफ्नै भवन पद्मकन्या मल्टिपल क्याम्पसमा एक कार्यक्रमकाबीच फाल्गुन ११ गते शुक्रबार सम्पन्न गरेको हो ।

शुक्रबार उक्त प्रतिस्पर्धामा ८ वटा समूहको सहभागिता रहेको थियो ।  कार्यक्रमको सभापतित्व क्याम्पस निर्देशक श्रृष्टि थापा मगरले गरेको थिइन्  । त्यस्तै, प्रमुख अतिथि हल्ट प्राइजको देशीय संयोजक सुबि काफ्ले तथा पद्मकन्या क्याम्पसको सहायक निर्देशक ज्योति न्यौपाने  रहेका थिए । उक्त  प्रतिस्पर्धाको  निर्णायकमा ग्लोबल भिक्टरका संस्थापक सौरभ राज गिरी, स्वास्थ्य विशेषज्ञ रितेश सुब्बा र पेडल ग्रुपका संस्थापक विज्ञान गुप्ता रहेका थिए।

उक्त प्रतिस्पर्धामा सहभागी भएका प्रतियोगीहरुले आफूसँग भएका आइडियाहरु प्रस्तुत गरेका थिए । सहभागी प्रतियोगीहरुमध्ये विजेता ‘आर्थिकाज’ समूह भएको थियो । सो समूहका प्रतियोगीहरुले दुग्ध पदार्थ ‘मोही’ लाई देशव्यापी रुपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने बारे आफ्ना प्रस्तुती दिएका थिए ।

यस्तै फर्स्ट रनरअप ‘श्रीता’ समूह भएको थियो । सो प्रतियोगीहरुले पछिल्लो समय बढ्दै गएको प्लास्टिकको प्रयोगलाई नियत्रण गरेर बाँसबाट बनाइएको सामानहरु कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्नेबारे आफ्ना प्रस्तुती दिएका थिए । यस्तै सेकेण्ड रनरअप ‘एल्ली’ समूह भएको थियो । सो प्रतियोगीहरुले मानसिक समस्या भएकाहरुलाई सेवा प्रदान गर्ने ‘च्याटबोट’ नामक एपको बारमा प्रस्तुती दिएका थिए ।

यस्तै सो कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य पनि प्रदर्शन गरेका थिए । यसैगरी क्याम्पस निर्देशक सृष्टि थापा मगरले कार्यक्रम संयोजक सदस्यहरु, स्वयंसेवक र अतिथिहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् । साथै आफ्ना कार्यक्रमका प्रायोजक र साझेदारहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गर्दै आएका छन्। बाँकी तस्बिरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: