×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दामोदर पोखरेल पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दामोदर पोखरेल पक्राउ

Artha Sarokar

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान जिल्ला झिम्रुक गाउँपालिका वडा नं.०६ घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने ३८ वर्षीय दामोदर पोख्रेल रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन १७ गते सामाखुशीबाट पक्राउ गरेको हो । पोखरेलले सुवास गुरुङलाई वैदेशिक रोजगारीका लागि युके पठाईदिने भन्दै दुई लाख रुपैयाँ ठगी गरेका थिए । उनले आकर्षक तलब हुने प्रलोभन देखाएर रकम ठगी गरी सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पोखरेललाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी