काठमाडौं । जम जम इलेक्ट्रोनिक्स नामको फेसबुक पेज बनाएर ४९ लाख ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका-४ घर भएका २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया घर भएका २२ वर्षीय रामसेवक राम र वीरगञ्ज घर भएका २४ वर्षीय आकाश शाह सोनार रहेका छन् ।
उनीहरुले फेसबुक पेजमा इलेक्ट्रोनिक सामान, मोबाइल फोनलगायतका सामान बेच्ने नाममा ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार उनीहरुले सो पेजमा ‘आइफोन बिक्रीमा’ भन्ने सूचना राखेर च्याटमार्फत कुरा गरेर रकम पठाउन लगाएर ठग्ने गरेका थिए ।
जम जम इलेक्ट्रोनिक्सबाट सामान पठाएका छौँ, भन्सार शुल्क र डेलिभरी शुल्क पठाउन भन्दै उनीहरुले अहिलेसम्म ४९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्