Skip to content
LAXMI SUNRISE BANK

पोर्चुगल पठाईदिने भन्दै १८ लाख ६४ हजार ठग्ने कमल प्रसाद भण्डारी पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिन्छु भन्दै १८ लाख ६४ हजार ठग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ जिल्ला लमही नगरपालिका वडा नं. ५ घर भई हाल ललितपुर जिल्ला भैसेँपाटी बस्ने २९ वर्षीय कमल प्रसाद भण्डारी रहेका छन् ।

उनले मन्जु रावत घर्ती मगर सहित दुई जनालाई पोर्चुगल पठाइदिने र पोर्चुगल जान प्रतिव्यक्ति १५ लाख लाग्ने भन्दै ठगी गरेका थिए । भण्डारीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन २० गते मिनभवनबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK